सुनौला हजार दिनका आमालाई बाख्रा वितरण

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन भन्दै बाख्रा वितण गरिएको छ ।
चालु आर्थिक वर्षको वार्षिक ससर्त बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनोला हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन भन्दै ५६ बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
प्रगतिशिल महिला समूहका २८ सुनौलो हजार दिनका आमाहरुलाई ५६ वटा बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।
आर्थिक अभावमा पोषण युक्त खानेकुरा उपभोगबाट बञ्चित आमाहरुका लागि पोषणमा सुधार ल्याउन यसबाट मद्यत पुग्ने त्रिवेणी गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले बताउनुभयो ।
बच्चाको मानसिक विकास २ वर्षको उमेरसम्म ८० प्रतिशतले विकास हुुने हुँदा गर्भ रहेदेखि बच्चाको उमेर २ वर्षभित्र आमा र बच्चा दुवैलाई अत्यन्तै स्याहार गर्नुपर्ने उहाँको भनाई छ ।
गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ वर्षभित्र ३० प्रतिशत गरि २ वर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक विकास हुन्छ । त्यसै कारणले यो समय अवधिमा आमाहरुको खानपानसम्बन्धी ध्यान दिनुपर्दछ उहाँले भन्नुभयो ।
प्रतिक्रिया