सल्यानमा पूर्ण खोप सुनिश्चितता घोषणा

सल्यान – सल्यान जिल्लामा १२ हजार ९४६ जना बालबालिकामध्ये नियमित खोपबाट छुटिएका ३३ जनाले पनि खोप सेवा पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. अर्जुन बुढा मगरका अनुसार यस उपलब्धिमा स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि र समुदायको भूमिका निर्णायक रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको भन्दै सल्यान अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न पहल भइरहेको जानकारी दिनुभयो ।
खोप अभियान अन्तर्गत माघदेखि चैतसम्म घरदैलो सर्वेक्षण गरी वैशाखमा सबै छुटेकालाई खोप दिइएको थियो। खोप कार्यक्रमले बाल मृत्युदर घटाउने, संक्रामक रोग नियन्त्रण गर्ने र बालस्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्य राखिएको छ ।
प्रतिक्रिया