दैलेखका दुर्गाले पाए ५१ वर्षपछि नागरिकता

दैलेखका दुर्गाले पाए ५१ वर्षपछि नागरिकता

दैलेख –   दैलेखको दुल्लु नगरपालिका–५ निवासी ५१ वर्षीय दुर्गा प्रसाद रिजालले जीवनका पाँच दशक नेपाली नागरिकता प्रमाणपत्रविनै बिताउनुभयो  । अपाङ्गता हुनुभभएको उहाँ कानुनी रूपमा अस्तित्वमा भए पनि राज्यको आधिकारिक कागजमा भने कहिल्यै देखा पर्नुभएको थिएन । तर अब, ५१ वर्षपछि उहाँले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

रिजालको नागरिकता सम्बन्धी मुद्दा सोसेक नेपालद्वारा सञ्चालित हातेमालो परियोजनाले पहिचान गरेपछि प्रक्रियागत पहल सुरु भएको थियो । त्यसैको फलस्वरूप इलाका प्रशासन कार्यालय, दुल्लुका शाखा अधिकृत अर्जुन बहादुर मल्लको नेतृत्वमा पुगेको टोलीले सोसेक नेपालका संस्थापक तथा कार्यकारी निर्देशक हिरा सिंह थापा सहित रिजालकै निवासमा पुगेर औपचारिक रूपमा नागरिकता हस्तान्तरण गरेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिनुभयो ।

उहाका अनुसार रिजालको नागरिकता प्राप्तिसँगै अपाङ्गता पहिचान पत्रको प्रक्रिया पनि अघि बढाइएको छ। दुल्लु नगरपालिकाले छिट्टै उहाँलाई अपाङ्गता परिचयपत्र उपलब्ध गराउने जनाएको छ । जसबाट सामाजिक सुरक्षाको पहुँच अझ सहज हुनेछ।

प्रतिक्रिया