बडाखोला खानेपानी तथा सरसफाइ योजनाको अनुगमन

बडाखोला खानेपानी तथा सरसफाइ योजनाको अनुगमन

दैलेख– दैलेखको महाँवु गाउँपालिका वडा न २ मा बडाखोला खानेपानी तथा सरसफाइ योजनाको अन्तिम अनुगमन गरेको छ । एकिकृत जलस्रोत ब्यावस्थापन कार्यक्रम अन्तर्गत महाँवु गाउँपालिका र हेल्भेटास नेपालको आर्थीक सहयोग र सोसेक नेपालको प्राविधिक र सामाजिक सहजिकरणमा निर्माण भएको बडाखोलामा खानेपानी योजनाको अनुगमन गरीएको छ । 
महाँवु गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डे,सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, सोसेक कार्यसमिति सचिब ललिता कुमारी भण्डारी, हेल्भेटास नेपालका पालिका वास अधिकृत सञ्जु श्रेष्ट, कार्यक्रम संयोजक बद्री लम्साल,नागरीक समाज,वडा प्रतिनिधि,पत्रकार लगायत सयुक्त टिमले खानेपानी योजनाको अनुगमन गरिएको छ । 


सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले उपभोक्ताहरूले स्वयंसेवकका रूपमा मर्मत, सरसफाइ र व्यवस्थापनमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । “उपभोक्ताहरुको खानेपानी केवल सरकारको जिम्मा होइन, उपभोक्ताको पनि हो,” उहाँले भन्नुभयो । 


बडाखोला खानेपानी तथा सरसफाइृ योजनाका अध्यक्ष बालाराम थापाले खानेपानी योजनामा ६२ धारा मध्ये ६० निजि धारा बिद्यालयमा १ वटा र २ वटा सार्वजनिक संस्थामा धारा निर्माण भई सञ्चालन भएको जानकारी दिनुभयो । साथै केउरेपानी बालविकास केन्द्रमा एकिकृत जलश्रोत ब्यबस्थापन कार्यक्रम अन्तर्गत शौचालय मर्मत कार्य पनि गरेको थापाले जानकारी दिनुभयो । 


कार्यक्रमकी अध्यक्ष तथा महाँवु गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डले खानेपानी आयोजनाको निर्माण सम्पन्न पश्चात अनुगमन गरिएको र सुचारुपना साथै दिगोपनाका लागि गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी शर्मा पाण्डेले खानेपानी तथा सरसफाई समितिको प्रमुख भूमिका हुने र त्यसमा समुदाय र उपभोक्ता समिति सक्रिय हुनु पर्ने बताउनुभयो । आगामि दिनमा पनि संघ संस्थाको साझेदारीमा बिकासका योजनाहरु गर्ने प्रतिबद्धता जनाउँनु भयो ।

साथै कार्यक्रममा उक्त खानेपानी योजनाका सदस्यहरु लाई शुद्धखानेपानी पिउनको लागि फिल्टर पनि वितरण गरिएको छ । 


 

प्रतिक्रिया