हुम्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर डुंगेश्वरमा आकस्मिक अवतरण

हुम्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर डुंगेश्वरमा आकस्मिक अवतरण

दैलेख -  हुम्लाबाट काठमाडौँका लागि बिरामी बोकी उडेको हेलिकप्टर दैलेखको तल्लो डुंगेश्वरमा आकस्मिक अवतरण गरिएको छ  ।

मौसम प्रतिकूलताका कारण प्रभु हेलिकप्टर (कलसाइन ढल्ब्ली) ले बिहीबार दिउँसो करिब २:३० बजे दैलेखको गुराँस गाउँपालिका–२ स्थित तल्लो डुंगेश्वरमा सुरक्षित अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार हेलिकप्टर बाक्लो कुहिरोका कारण मार्ग स्पष्ट नदेखिएको अवस्थामा अवतरण गरिएको हो।

हेलिकप्टर हुम्लाको हिल्साबाट गम्भीर बिरामी लिएर काठमाडौँतर्फ उडेको थियो । बिरामीको टाउकोमा चोट लागेको बताइएको छ । प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटका अनुसार, “मौसम अत्यन्तै प्रतिकूल भएपछि पाइलटले आकस्मिक अवतरण गर्ने निर्णय गर्नुभयो । यात्रुहरू पनि सुरक्षित अवतरणमा सहमत थिए ।”

हेलिकप्टरमा दुई जना चालक दलका सदस्यमध्ये एक जना बेलायती नागरिक पाइलट बार्डल्देबीर रहेका छन् । साथै, एक जना बिरामी, उनका दुई जना आफन्तसहित कुल पाँच जना यात्रारत थिए ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको सहजीकरणमा हेलिकप्टर अवतरणस्थलमा सुरक्षित राखिएको छ । 

प्रतिक्रिया