भगवतीमाईमा बाल समृद्धि विषयक रणनैतिक कार्यशाला गोष्ठी सम्पन्न

भगवतीमाईमा बाल समृद्धि  विषयक रणनैतिक कार्यशाला गोष्ठी  सम्पन्न

दैलेख-  दैलेखको भगवतिमाई गाउँपालिकामा बालवालिकाको सवालका रणनिति बारेमा कार्यशाला गोष्ठी गरिएको छ । सोसेक नेपाल अन्तरगत वल्र्डभिजन परियोजनाले भगवतीमाई गाउँपालिका दैलेखमा बाल सबृद्धिका लागि ५ बर्षे रणनैतिक समिक्षा परामर्श कार्यशाला गोष्ठी गरेको हो ।
पाँच बर्षे रणनैतिक कार्य योजाना निर्माणका लागि भगवतिमाई गाउँपालिकाको बालबालिकाको क्षेत्रमा रहेका सवालहरुलाई पहिचान गरि स्थानीय सरकार तथा सरोकारवालाहरु बाट प्राथमिकताका आधारमा परियोजना निर्माणका लागि सुझाब संकलन गरेको छ ।


आइतबार सोसेक नेपाल, वल्र्डभिजन र  भगवतीमाई गाउँपालिकाको साझेदारीमा भएको गोष्ठीको समापन कार्यक्रममा बोल्दै गाउँपालिकामा गुणस्तरिय शिक्षा दिनको लागि सबै भन्दा पहिले बालबालिमा सकरात्मक सोचको विकास गर्ने जरुरी भएको बताए । उनले पालिका र साझेदार संस्थासंगको साझेदारी निरन्तर हुने प्रतिबद्धता ब्यक्त गरे । भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी खड्काले गाउँपालिकामा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्टयाइएको बताइन् यस गाउँपालिकामा बालविवाह, घरेलु हिंसा र बहुविवाहको दर बढेको छ, यसको रोकथामका लागि हामी सबैको हातेमालोको आवश्यक  रहेको बताइन् ।


यस्तै गोष्ठीमा सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले स्थानीय सरकारले आवाज विहिन बावबालिका र अपाङ्गता भएका बालबालिकाहरुको लागि विशेष बजेटको ब्यवस्था गर्नुपर्ने बताए । भगवतीमाई गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष देवलोक अधिकारीले बालविवाह नियन्त्रण तथा न्युनिकरण गर्नको लागि आय आर्जन कृषि, तरकारी र बाख्रा पालन लगायतका कार्यक्रम ल्याउनुपर्ने जानकारी दिए । 


कृषि शाखा प्रमुख लोकराज जोशीले स्थानिय स्तरमा रोजगारीको अवसर नहुदा अभिभावक सहित बालबालिका भारत जानुको कारण मुख्यतः गरिबिको रहेको उल्लेख गरेका थिए । आगामी दिनमा यसलाई न्युनिकरण गर्न सबैको पहल हुनुपर्ने उनको भनाइ छ ।
ज्वाला माध्यमिक विद्यालय बेस्तडाका शिक्षक प्रेम बहादुर थापाले नितिगत रुपमा नीति नियमहरु सही रुपमा कार्यन्वयनमा ल्याउनुपर्ने बताए । बिध्यार्थिको आवासको ब्यवस्था गरि, पुस्तकालय, रोजगारीका सिपहरु ल्याउनुपर्ने उनको भनाई थियो । कार्यक्रमका अध्यक्ष तथा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले आगामि दिनमा यस पालिकाका विद्यालयमा गुणस्तरीय शिक्षा दिनको लागि सबैभन्दा पहिले वालवालिकाको मष्तिक्समा सकारात्मक सोच फैलाउन जरुरी रहेको बताउनुभयो ।  


गाउँपालिकाका ७ वटै वडाबाट तयार गरिएको १९ वटा सवालहरुमा सहभागिहरुबाट भोटिङ्ग गर्दा ५ वटा मुख्य सवाल छनोट भएका छन्  । जुन ५ वटा मुख्य सवालहरु गाउँपालिकाकाले नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता  जनाएको छ । 

 

प्रतिक्रिया