नारायणका ११ वटै वडामा फाइजर खोप
दैलेख– दैलेखको नारायण नगरपालिका दैलेखमा १२ बर्ष भन्दा माथिका बालवालिका, बिद्यार्थी, कर्मचारी तथा सम्पूर्ण नगरबाँसिहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउँन सुरु गरेको छ । देशभर कोभिड – १९ को संक्रमण बढ्न थालेपछि दैलेखमा त्यस विरुद्घको खोप दिन थालिएको छ । मंगलबार र बुधवार कोभिड–१९ विरुद्धको थप बुस्टर फाइजर खोप दिन थालिएको नारायण नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनका अनुुसार नारायणका ११ वटै वडा र नगर परिसरमा फाइजर खोप लगाइएको छ ।
उक्त कार्यक्रममा दुल्लु नगरपालिका वडा नं.५ का भत्ति प्रसाद उपाध्याय रिजालले कामको सिलशिलामा सदरमुुकाममा आएको अवसरमा फाईजर खोप लगाउने अवसर पाईएकोमा नगरपालिका स्वास्थ्य शाखालाई धन्यवाद दिनुभयो । यस खोपले कोरोना रोगलाई निर्मुल पार्ने भएकोले सबैले खोप लगाउन उहाँले आग्रह गनुभयो ।
जिल्लाको नारायण नगरपालिकामा यही असार २४ र २५ गते २ दिन खोप कार्यक्रम सञ्चालन हुने छ । पहिलो दिनमा नारायण नगरपालिकाको कार्यलयमा ११० जनाले फाईजर खोप लगाएका छन् । वडाको थप विवरण आउन बाँकि रहेको छ ।
प्रतिक्रिया