खाडाचक्रमा महिला समूह भेटघाट कार्यक्रम सम्पन्न

कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिका–५ मा समाज सुधार महिला समूहको आयोजनामा महिला भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एइऋाइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा खाडाचक्रमा संचालित आधार परियोजनाको सहजीकरण रसमाज सुधार महिला समूहकी अध्यक्ष श्रीमती सुनिता शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।
भेटघाट कार्यक्रममा टोल फ्री नम्बर १०९८ बाल हेल्पलाइनसम्बन्धी जानकारी प्रदान गर्नुका साथै घरेलु हिंसा र बाल विवाहजस्ता सामाजिक समस्याहरूमा केन्द्रित रहेर गहन छलफल गरिएको थियो ।
सहभागीहरूले समुदायमा विद्यमान लैंगिक विभेद, महिला हिंसा र बाल अधिकारको उल्लंघनजस्ता विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै, सचेतना अभिवृद्धिका यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया