ज्ञानकुञ्जका किशोरीहरूलाई सरसफाई तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण

ज्ञानकुञ्जका किशोरीहरूलाई सरसफाई तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण

जुम्ला –   जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको श्री ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा किशोरी लक्षित एक दिने सरसफाई सुविधा तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

तालिममा विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत किशोरीहरू सक्रिय सहभागी थिए । कार्यक्रममा किशोरीहरूको स्वास्थ्य र स्वच्छ जीवनशैलीमा सरसफाईको महत्व, व्यक्तिगत सरसफाई विशेषतः मासिक धर्म व्यवस्थापन, स्वच्छतासम्बन्धी व्यवहार तथा सरोकारबारे जानकारी दिइएको थियो ।

स्वास्थ्यकर्मी, शिक्षिका तथा सामाजिक कार्यकर्ताहरूले सहजीकरण गरेको तालिममा सहभागी किशोरीहरूले आफ्ना अनुभव पनि साझा गरेका थिए । उनीहरूले विद्यालय तथा घर दुबै स्थानमा स्वच्छता कायम राख्नुपर्ने कुरामा विशेष चासो व्यक्त गरेका थिए ।

कार्यक्रमले किशोरीहरूमा सरसफाईप्रति सचेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वास र आत्म(स्वास्थ्यका विषयमा सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया