व्यवहार परिवर्तनका लागि विद्यालय स्तरीय सह-सिर्जना कार्यशाला सम्पन्न

व्यवहार परिवर्तनका लागि विद्यालय स्तरीय सह-सिर्जना कार्यशाला सम्पन्न

दैलेख – शिक्षा क्षेत्रको गुणस्तर सुधार र व्यवहार परिवर्तनमा सामूहिक सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले दुई दिने विद्यालय स्तरीय व्यवहार परिवर्तनका लागि विद्यालय स्तरीय सह-सिर्जना कार्यशाला सम्पन्न सम्पन्न भएको छ।

कार्यक्रम नारायण नगरपालिका, सोसेक नेपाल र परिचालन परियोजनाको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यशालामा विद्यालय प्रशासन, शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी, शिक्षा शाखा, पत्रकार तथा जनप्रतिनिधिसहित करिब ३० जना सहभागी थिए ।

कार्यक्रमको समापनमा नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले शिक्षा सुधार एकल प्रयासले सम्भव नहुने बताउँदै, उच्च शिक्षाको लागि विद्यार्थीको घट्दो उपस्थिति गम्भीर चुनौतीको विषय भएको धारणा व्यक्त गर्नुभयो । उहाँले शिक्षामा साना-ठूला सबै पक्षको जिम्मेवारी समान रूपमा महत्त्वपूर्ण हुने उल्लेख गर्दै, “स(साना कुरामा ध्यान दिनु नै दीर्घकालीन सुधारको आधार हो,” भन्नुभयो।

उपप्रमुख तप्ता कुमारी थापाले विशेष अतिथिको हैसियतमा सम्बोधन गर्दै, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र समुदायबीचको संयुक्त प्रयास विना शिक्षा प्रणालीमा रूपान्तरण सम्भव छैन भन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यसै कारणले नगरपालिकाले सबै सरोकारवाला समेटिने खालका कार्यक्रमहरूलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।

कार्यशालामा प्रशिक्षक युनिसेफ नेपालका शिक्षा अधिकृत पर्शुराम पन्थीले व्यवहार परिवर्तनका लागि सहजीकरण विधि, विद्यालय स्तरमा सिर्जनशील पहलकदमी तथा विद्यार्थी सहभागिता केन्द्रित रणनीतिहरूमा प्रशिक्षण दिनुभयो । सहभागीहरूले विभिन्न अभ्यासहरू, समुहगत छलफल र कार्य योजना निर्माण समेत गरेका थिए ।

 सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले नयाँ पुस्ताको भविष्य सुरक्षित गर्न शिक्षामा गुणस्तर सुधार अत्यावश्यक भएको उल्लेख गर्नुभयो । उहाँले विद्यालयमा बालमैत्री, गोपनीयता सुरक्षित र गुनासो व्यवस्थापन प्रणालीको विकास अपरिहार्य रहेको पनि जोड दिनुभयो ।

प्रतिक्रिया