पिपलचैरमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचैरमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन्।
बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याइएको च्याउ पकाएर खाएपछि मगबहादुर सिंहका छोराछोरी अस्वस्थ भएका हुन् । बिरामी पर्नेमा १२ वर्षीया कौशिला सिंह, ६ वर्षीय झलक सिंह र ३ वर्षीया दीपा सिंह रहेका छन्।
नलगाड–४ का वडाध्यक्ष बद्रि पन्तका अनुसार जंगलबाट ल्याइएको च्याउ विषालु रहेको कारण उनीहरू बिरामी परेका हुन् । अहिले उनीहरूको उपचार नगर अस्पताल दल्लीमा भइरहेको छ।
नगर अस्पतालका डाक्टर नवीन ध्यारले तिनीहरूको अवस्था खतरामुक्त रहेको जानकारी दिनुभयो । चिकित्सकहरूले बर्खायाममा जंगलबाट च्याउ टिपेर खानु खतरनाक हुने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन्।
प्रतिक्रिया