ठाटीकाँध बजार क्षेत्र धमाधम कालोपत्रे हुँदै

ठाटीकाँध बजार क्षेत्र धमाधम कालोपत्रे  हुँदै

ठाटीकाँध –    दैलेखको ठाँटिकाँध गाउँपालिकाले ठाटीकाँध बजार क्षेत्र फराकिलो बनाएसँगै धमाधम कालोपत्रे गर्ने काम भएको छ । ठाटीकाँध गाउँपालिकाको केन्द्र समेत रहेको साँघुरो रहेको ठाटीकाँध बजारलाई फराकिलो बनाएसँगै धमाधम  कालोपत्रे हुँदैछ  ।

 बजार क्षेत्र साघुँरो हुँदा यातायातको आवागमन लगाएत आवतजावतमा कठिनाई भोग्दै आएको बजार क्षेत्रलाई यतिबेला गाउँपालिकाले फराकिलो पारेसँगै धमाधम सडक कालोपत्रे भइरहेको ठाटीकाँध गाउँपालिका कार्यक्रम संयोजक भूपेन्द्र शाहीले बताउनुभयो   ।

उहाँका अनुसार बजारको सडकक्षेत्र ओगटेका घर टहराहरु पहिले नै हटाइनुका साथै सडकमा राखिएका अनावश्यक संरचना हटाएर दायाँबायाँ सडक नाली सहित ८ मिटर सडक कायम गरिएको थियो भने अहिले धमाधम कालोपत्रे भइरहेको संयोजक शाहीले बताउनुभयो   । 

ठाटीकाँध बजारको मिलनटोल देखि अधिकारी थान बजार क्षेत्र करिब १ किलोमिटर स्तरोन्नतीसँगै कालोपत्रे सुरु भएको संयोजक भूपेन्द्र शाहीको भनाई रहेको छ । पहिले बजार क्षेत्र साँघुरो भएकाले बजारको सुन्दरता र सवारी आवातजावतमा अप्ठेरो भएको थियो कालोपत्रे गभएपछि  बजारको सुन्दरता बढाउन र आवतजावतमा सहज हुनेछु,'उहाँले भन्नुभयो, 'संघिय सरकार र ठाटीकाँध गाउँपालिकाको साझेदारीमा उक्त सडक स्तरोन्नती सँगै कालोपत्रे भइरहेको छ   ।'

प्रतिक्रिया