दैलेखमा चट्याङ लागेर एक जना घाइते

दैलेखमा चट्याङ लागेर एक जना घाइते

दैलेख – करेसाबारीमा घरायसि काम गरिरहेको बेला आइतबार साँझ परेको चट्टयाङ्ग लागेर दैलेखको नारायण नगरपालिका–७ किमुगाउँक ३८ वर्षीया भरतदेवी खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

घटना लगतै दैलेख अस्पताल पुर्‍याएर घाइते उपचार भइरहेको छ । बायाँ साइडको गाला, पाखुरा सुन्निएको, शरिरमा बाहिरी चोट नभएको  उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । दैलेखमा चट्टयाङ्गले गर्दा घाइते र मृत्यू हुने सख्या दिनानुदिन बढ्दै गएको छ । 

प्रतिक्रिया