न्याय खोज्ने आवाज : बलात्कार र अन्यायमा महिला, बालिका र किशोरीहरू कहिलेसम्म सहने ?

न्याय खोज्ने आवाज : बलात्कार र अन्यायमा महिला, बालिका र किशोरीहरू कहिलेसम्म सहने ?

- राधा ओली 
दैलेख । 

नेपालमा महिला, बालिका र किशोरीमाथि बढ्दो बलात्कार र अन्यायका घटनाहरूले सामाजिक सुरक्षा र कानुनी व्यवस्थामा गम्भीर प्रश्नहरू उठाएका छन्। न्यायका लागि संघर्षरत पीडितहरूका आवाज दबाइन्छन् भने दोषीहरूले प्रायः संरक्षण र सत्तासीन दलहरूको सहयोगमा सजिलै उन्मुक्ति पाउँछन्।

विशेष गरी बालिका, अपाङ्गता भएका बालिका र किशोरीहरूमाथि भइरहेका यौन हिंसा र बलात्कारका घटनाहरू अत्यन्तै चिन्ताजनक छन्। पीडितले न्याय खोज्नुपर्ने अवस्था हुँदा समेत दमन, शोषण र दबाबका कारण उनीहरूको आवाज दबिरहेको छ।

न्याय प्रणालीमा लाग्ने लामो समय र जटिल प्रक्रियाले पीडितलाई थकित बनाएको छ। अभियुक्तको बयानलाई प्राथमिकता दिँदै पीडितको कथन नसुनु, महिनौ सम्म मुद्दा अल्झाउनु, र दलहरूबीच चलखेल हुनु अझै पनि सामान्य छ।

 यस्तो अवस्थामा न्याय कसरी सम्भव हुन्छ ?

यौन हिंसामा परी अप्ठ्यारो अवस्थामा परेका महिला र बालिकाहरूलाई पारिवारिक र सामाजिक दबाबमा आफ्नो शरीर र सम्मान बेच्न बाध्य बनाइने घटनाहरू पनि धेरै छन् । न्यायमा कम विश्वास हुँदा पीडितहरू अझै पनि न्याय खोज्न बाट डराइरहेका छन्।

स्थानीय सरोकारवालाहरू, कानुनी निकाय र समाजका सबै तहले यस्ता घटनाहरूमाथि गम्भीर ध्यान दिएर छिटो न्याय र संरक्षण सुनिश्चित गर्नुपर्ने टड्कारो आवश्यकता छ।

हामी सबैले महिला, बालिका र किशोरीको सम्मान र सुरक्षाका लागि आवाज उठाउन, न्याय प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन र बलात्कार जस्ता जघन्य अपराधको अन्त्य गर्न अझ सक्रिय हुन आवश्यक छ।

कहिले सम्म महिला र बालिका हिंसाको शिकार बनिरहने ? यस्ता अपराधका विरुद्ध दृढ रूपमा उभिनु हामी सबैको जिम्मेवारी हो।


 

प्रतिक्रिया