अब कर्णाली स्वास्थ्य बीमा रिफर नचाहिने

अब कर्णाली स्वास्थ्य बीमा रिफर नचाहिने

कर्णाली – कर्णाली प्रदेशका विभिन्न जिल्लाका केही अस्पताल र स्वास्थ्य केन्द्रहरूमा अब स्वास्थ्य बीमाअन्तर्गत सेवाग्राहीले उपचारका लागि रिफरको आवश्यकता पर्ने छैन । स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सूचीअनुसार स्वास्थ्य संस्थाहरूमा सिधै स्वास्थ्य बीमाको सेवा लिन सकिनेछ ।
सूचीमा कर्णाली प्रदेशका सबै १० वटै जिल्लाका स्वास्थ्य संस्थाहरू समेटिएको छ ।

 
स्वास्थ्य बीमाको प्रभावकारिता बढाउने र बिरामीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले लागू गरिएको यो व्यवस्था सेवाग्राहीका लागि अत्यन्त लाभदायक हुने विश्वास लिइएको छ । यसले ग्रामीण तथा दूरदराजका नागरिकहरूलाई सहज उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया