सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा राजीनामा

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिएका उहाँले आज पदबाट राजीनामा दिनुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको उल्लेख गर्नुभएको छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्ने मन्त्री गुप्ताले टिप्पणी गर्नुभएको छ ।
घुस प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बालुवाटारमा बोलाएर संलग्न व्यक्तिहरूबारे पनि गुप्तासँग सोधपुछ गर्नुभएको थियो । अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ ।
केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन तथा मन्त्रीको राजीनामाका लागि दबाव बढेको थियो ।
प्रतिक्रिया