सडक निर्माणमा रहेको स्काभेटर माथी तोडफोड

जुम्ला – कालिकोटको तिलागुफा नगरपालिकाको गाल्जेमा वर्षाका कारणले भत्केको सडक निर्माण गर्न गएको स्काभेटर माथी तोडफोड भएको छ । सडकको होल खोप्नका लागि गाल्जेमा आएको आरडी ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर माथी कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् ।
सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक तेजेन्द्र हितानका अनुसार, गाल्जेमा अवरुद्ध सडक निर्माणका क्रममा रहेको ह्याब्बी स्काभेटर माथी जुपिथाका ६÷७ जना परिचित युवाको समुहले तोडफोड गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ” अवरुद्ध कर्णाली राजमार्गको गाल्जेमा स्काभेटरले २५ वटा होल खोपेको थियो । खोपेका २५ वटा होल मध्य १० वटा होलमा माटोले पुरी दिएको बताउनुभयो । हितानले भन्नुभयो,” त्यति मात्र होइन, सव डिभिजन कार्यालय जुम्लाबाट गएको टोली माथी समेत हातपात भएको गुनासो गर्नुभयो ।
कर्णाली राजमार्ग निर्माणका क्रममा रहेको स्कोटरलाई तेल उपलबध गराउनका लागि गएको बा २ भ १६६८ नम्बरको गाडीको चालकलाई हातपात गर्ने प्रयास गर्दा उक्त गाडीको भाइजर फुटेको बताउनुभयो ।
विभिन्न कार्यमा संलग्न कालिकोट जुपिथाका६÷७ जना अपरिचित युवाहरूलाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कालिकोट मान्मा लिई थप आवश्यक अनुसन्धान भइरहेको छ ।
राजमार्ग निर्माणका क्रममा रहेको स्काभेटर माथी तोडफोड गर्नु कतिको जाहेज हो ? यो विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गरि दोषिमाथी कार्वाहीको माग गर्दछौ । सवारी चालक हितानफे माग गरेका छन् ।
प्रतिक्रिया