दैलेखमा नवजात शिशु अपहरण गर्ने किशोरीलाई ३ वर्ष ४ महिना कैद

दैलेख - नवजात शिशु अपहरणको अभियोगमा दोषी ठहरिएकी १६ वर्षीया किशोरीलाई दैलेख जिल्ला अदालतले ३ वर्ष ४ महिना कैद र रु ३३ हजार ३३३ जरिवाना सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले बाल न्याय प्रणालीअनुसार एक तिहाइ सजाय मिनाहा गर्दै उक्त सजाय निर्धारण गरेको हो । किशोरीले गत चैत २८ गते ठाटीकाँध गाउँपालिका–१ बाट ३५ दिने शिशु चोरेकी थिइन्।
शिशु भोलिपल्ट चामुण्डा गाउँबाट फेला परेको थियो । अनुसन्धानपछि वैशाख १७ गते अभियोग दर्ता गरी किशोरीलाई बाल सुधार गृह पठाइएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिक्रिया