साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

दैलेख- कर्णाली प्रदेश सरकारले साउन १ गते, बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुुुसार साउन १ गते प्रदेशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा लागू हुनेछ ।
यसअघि २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो । देउडा पर्व कर्णाली प्रदेशको मौलिक संस्कृति भएकाले यस पर्वको सम्मानमा बिदा दिने निर्णय गरिएको थियो ।
साउने संक्रान्ति र देउडा पर्व कर्णाली वासीका लागि विशेष सांस्कृतिक महत्व बोकेको पर्व हो, जसमा समुदायगत उत्सव, परम्परागत गीत–संगीत र मेलासहित धुमधामसँग मनाइने गरिन्छ ।
प्रतिक्रिया