जोखिममा परेका बालवालिकालाई शैक्षिक सामग्रि वितरण

जोखिममा परेका बालवालिकालाई शैक्षिक सामग्रि वितरण

दैलेख दुल्लुः दुल्लु नगरपालिका र सोसेक नेपालको सहकार्यमा संचालित वालिका शसक्तिकरण कार्यक्रम ,हातेमालो परियोजना र स्कुल एट होम कार्यक्रम मार्फत दुल्लु नगरपालिकाका १३८ जना अपांगता भएका बालवालिका, विपन्न तथा जेहेन्दार बालवालिकाहरुलाई झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको छ । 
उक्त कार्यक्रममा दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालको अध्क्षयतामा उपप्रमुख बिना कार्कि, प्रमुख प्रशासकिय अधिकृत तिलक बि.क.लगायत परियोजनाका कर्मचारीहरुको उपस्थितिमा शैक्षिक सामग्रि वितरण गरिएको हो । 


कार्यक्रममा दुल्लु नगरपालिकाकि उपप्रमुख बिना कार्किले शैक्षिक सामाग्री वितरण सानो सहयोग मात्र नभइ बिद्यार्र्थीका लागि धेरै हौसला दिइयको छ र बिपन्न र अपाङ्गता भएका बालबालिकाको लागि यो अबसर पनि भएको बताउँनुभयो । प्रमुख प्रशासकिय अधिकृत तिलक बि.क.ले भन्नुभयो “यस्ता कार्यक्रमले बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालय संग जोड्न सहयोग गरेको पुगेको छ ।” 


उत्त परियोजनाले विद्यार्थीको विद्यालयमा नियमित गराउँन दैलेख जिल्लाका ४ वटा पालिका  नारायण नगरपालिका,दुल्लु नगरपालिका,भैरवी गाउँपालिका र नौमुले गाउँपालिकाका  सामुदायिक बिद्यालयमा अध्ययनरत अपांगता भएका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्कुल झोला संगै शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।  
कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख भरत रिजालले जोखिमा परेको र अपाङ्गता भएका बालालिकालाई शैक्षिक सामाग्रि उपलब्ध गरेको सोसेक नेपाल अन्तर्गत सञ्चालित हातेमालो परियोजना र बालिका शसक्तिकरण परियोजनालाई धन्यवाद दिदै आगामि दिनमा पनि यस्तै कार्यक्रमले निरन्तरता दिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया