पत्रकार ऋषि धमलाले सुर्खेतको राउटे वस्तीमा खाद्यन्न सहयोग

पत्रकार ऋषि धमलाले सुर्खेतको राउटे वस्तीमा खाद्यन्न सहयोग

सुर्खेत- रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनको अध्यक्ष पत्रकार  ऋषि धमलाले सुर्खेतको राउटे वस्तीमा खाद्यन्न सहयोग गर्नुभएको छ । अघिल्लो पटक राउटे बस्तीमा जाँदा गरेको प्रतिवद्धताअनुसार धमलाले खाद्यन्न वितरण गर्ने धारणा राख्नुभएको थियो ।
‘हामीले घोषणा गरेका थियौं– राउटे वस्तीमा आएर हामीले चामल, नुन, तेल र खसी वितरण गरेका छौं । मैले केही समय पहिला आएर घोषणा – उहाँले गर्नुभएको थियो ।


सुर्खेत पुगेर धमलाले ८० बोरा चामल, एउटा खसी, नुन ८० प्याकेट, तेल ८० प्याकेट राउटे बस्तीमा वितरण गरेको बताउनुभयो । साथै, उनले राउटेका छोराछोरी पढाउनका लागि पहल पनि गर्ने बताउनु भयो ।
‘हामी राउटे वस्तीमा फेरि पनि आउने छौं । राउटेका छोराछोरीलाई पढाउन पहल गर्नेछौं । राउटे वस्तीलाई हामी शिक्षित बनाउन चाहन्छौं । रुपान्तरण गर्न चाहन्छौं उहाँको बिचार थियो । उहाँको सहयोगले राउटे समुदाय धेरै खुःशि भएको छन । 

प्रतिक्रिया