दैलेखमा लागु औषधको प्रयोग र आत्महत्याको घटना चिन्ताजनक

दैलेख - दैलेख जिल्लामा शान्ति सुरक्षा प्रभावकारी बनाउने काममा लागू औषध दुव्र्यवसनी र आत्महत्या मुख्य समस्या रहेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजना गरेको पत्रकारसंग छलफल कार्यक्रममा जानकारी दिइएको थियो ।
‘अघिल्लो आर्थिक वर्षमा कुल २ सय १८ वटा अपराध घटना दर्ता भएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो ।
प्रहरीले दिएको विवरण अनुसार अघिल्लो दुई वर्षको तुलनामा आर्थिक वर्ष २०८१ र ०८२ अवधिमा लागू औषध तेब्बर बढेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले आत्महत्या ४७, बलात्कार घटना २५, लागू औषध ११, सवारी दुर्घटना ९, व्यक्ति हत्या ७, ज्यानमार्ने उद्योग ७, आत्महत्या दुरुत्साहन ६, हातहतियार २ र ठगी घटनाका २ समेत २ सय १८ वटा मुद्दा चलेका उत्त कार्यक्रममा जानकारी दिनुभयो ।
साथै दैलेख प्रहरीका २५ वटा इलाकाहरुमा कुल ६ सय २५ ठाडो उजुरी परेकोमा ५ सय ६२ मिलापत्र भएका, २० जना सम्पर्कमा नआएका, ३७ वटा सम्वन्धित निकायमा पठाइएको र ६ वटा छलफलकै चरणमा रहेका विवरण दिइएको छ । उहाँले अघिल्लो आर्थिक वर्षमा चट्टयाङ्गले ३ जना, पहिरोमा पुरिएर २ जना र आगलागीमा परेर १ जनाको मृत्यूभएको विवरण दिइएको छ । प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले अहिलेको समय विपदको भएकोले सुरक्षा निकाय हामि पुर्व तयारीमा भएको बताउँनु भयो ।
प्रतिक्रिया