जुम्लामा बालश्रममा संलग्न पाँच बालकको उद्धार, बालिकालाई परिवारमा पुनर्मिलन

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रमा बालश्रममा संलग्न पाँच जना बालकको उद्धार गरिएको छ ।
बालकलाई उद्धार गरी आवश्यक परामर्श सेवा प्रदान गरिएको छ। उद्धार गरिएका तीमध्ये तीनजना बालकलाई परिवारसँग पुनर्मिलन गराइएको छ भने बाँकी दुईजना बालकलाई आश्रय सेवामा राखिएको छ ।
४ साउन २०८२ मा एक बालिका घरबाट हराएको भनी मिति २०८२ साउन ५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा खोजतलासको लागि निवेदन दर्ता गरिएको थियो । साथै, सोही घटनाको जानकारी कालिकोटस्थित हेल्पलाइन १०९८ मार्फत समेत दिइएको थियो ।
६ साउन २०८२ को राति करिब ९:३० बजे सो बालिका जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल नजिक फेला परेकी हुन् । सोसेक नेपालमा कार्यरत कर्मचारी सुस्मिता महत आफ्नी सासुको उपचारका लागि अस्पताल गएको समयमा उहाँले हराएकी बालिकालाई देखेपछि तत्काल उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा खबर गनुभएको थियो ।
प्रहरी कार्यालयमा बालिकाको परिवारलाई बोलाएर बालिकालाई परिवारको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया