सुर्खेतमा बोलेरोले ठक्कर दिँदा एकजनाको मृत्यु

सुर्खेतमा बोलेरोले ठक्कर दिँदा एकजनाको मृत्यु

सुर्खेत –  सुर्खेतको वीरेन्द्रनगरमा बोलेरोले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।  बुधबार बिहान भएको एक सडक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने एक महिला घाइते भएकी छिन् ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ को धुलियाबिटका ३४ वर्षीय प्रेम बुढा रहेका छन् । घटनामा सख्त घाइते भएका उनको पेट र टाउकोमा गहिरो चोट लागेको थियो ।

तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । यद्यपि, उपचारकै क्रममा बिहान ११ बजेर १० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–११ को धुलियाबिट नजिकै मिनिट्रकबाट घाँस झारिरहेका दुई व्यक्तिलाई कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरोले बिहान करिब १०ः४५ मिनेटको समयमा ठक्कर दिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार बोलेरो गुमीबाट वीरेन्द्रनगरतर्फ तीव्र गतिमा आउँदै थियो । सोही घटनामा सोही ठाउँकी ३२ वर्षीय तिलकुमारी बुढा पनि घाइते भएकी छिन् । उनको खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने बोलेरो गाडीका चालक, लेकवेशी नगरपालिका–६ निवासी २१ वर्षीय यामलाल सुनारलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले चालकलाई हिरासतमा राखी घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया