भगवतीमाई ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

भगवतीमाई ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

दैलेख -  दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्बर - ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।

वर्ल्ड  भिजन इन्टनेश्नल नेपालको साझेदारीमा सोसेक नेपाल दैलेखद्वारा सञ्चालित बाल संरक्षण, बाल प्रायोजना, समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत आज भगवतीमाई गाउँपालिका–४ मा बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि पालिका तथा जिल्ला स्तरीय अनुगमन सम्पन्न भएको छ।

बालबालिकाको सर्वाङ्गीण विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रमअन्तर्गत भगवतीमाई–४ मा स्थलगत अनुगमन गरिएको हो।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शैलेस बहादुर थापा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, वडा नं.- ४ का अध्यक्ष देवलोक अधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा विषयगत शाखा प्रतिनिधिहरू, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, वल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि उद्धव महरा, सोसेक नेपाल दैलेखका उपाध्यक्ष कविराज रिजाल, परियोजना कर्मचारीहरू, पत्रकार महासंघ दैलेखका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो।

स्थलगत अनुगमनका क्रममा कालिका माध्यमिक विद्यालय मनघर, स्थानीय टोलहरू, स्वास्थ्य चौकी जगन्नाथ तथा वडा कार्यालयमा बालमैत्री शासनका ५१ वटा सूचकहरूको फाइलिङ तथा डकुमेन्ट व्यवस्थापनको प्रगति मूल्याङ्कन गरिएको थियो ।

अध्ययन र मूल्याङ्कनबाट ५१ सूचकहरूमध्ये ९६ प्रतिशत सूचकको प्रगति पूरा भएको निष्कर्षमा पुग्दै भगवतीमाई गाउँपालिका वडा नं. ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न योग्य ठहर गरिएको छ।

वडाको आयोजनामा सम्पन्न यस प्रक्रियामा सोसेक नेपाल दैलेखको आर्थिक तथा प्राविधिक सहयोग रहेको र कार्यक्रम सफलताका साथ सम्पन्न भएको जानकारी सोसेक नेपाल दैलेखका वाल संरक्षक अधिकृत जनक अधिकारीले दिनुभयो।

प्रतिक्रिया