खाडाचक्र–४ मा महिला समूहको भेटघाट कार्यक्रम सम्पन्न

खाडाचक्र–४ मा महिला समूहको भेटघाट कार्यक्रम सम्पन्न

कालिकोट -  कालिकोटको खाडाचक्र नगरपालिका -४ मा महिला समूहको भेटघाट कायक्रम सम्पन्न भएको छ । एइआईएन लक्जेमवर्गको साझेदारी खाडाचक्र नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा पिपल चौतारी महिला समूहद्वारा महिला सशक्तीकरण सम्बन्धी छलफल तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

खाडाचक्र नगरपालिका वडा नं. - ४ मा गठित पिपल चौतारी महिला समूहको अध्यक्ष गंगा सुनारको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाको परिचय, बाल सुरक्षा सम्बन्धी टोल–फ्रि नम्बर १०९८ को जानकारी, मानसिक तथा मनोसामाजिक सुस्वास्थ्य, साथै मर्यादित महिनावारी सरसफाइ जस्ता महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिएको आधार परियोजनाले जनाएको छ ।

कार्यक्रममा महिलाहरूलाई व्यक्तिगत र सामाजिक जीवनमा सामना गर्नुपर्ने संवेदनशील विषयहरूबारे जानकारी दिइएको थियो । सहभागीहरूलाई आत्मबल र सामाजिक सजगता अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको थियो । सहभागी महिलाहरूले कार्यक्रमलाई अत्यन्त उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया