बागमतीका ४ जना मन्त्रीहरुले एकसाथ दिए राजीनामा

बागमतीका ४ जना मन्त्रीहरुले एकसाथ दिए राजीनामा

काठमाडौँ ।  बागमती प्रदेशका ४ जना मन्त्रीहरुले एकसाथ राजीनामा दिने भएका छन्। राजीनामा दिनेहरुमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्। 

वर्तमान प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वर्तमान सरकारको काम कारबाही चित्त नबुझेर राजीनामा दिन लागेको पुष्टि गरे ।

उनले भने, ‘अहिले म रामेछापबाट फर्किँदै छु। मुख्यमन्त्री भेट्न आउँदै छु। मुख्यमन्त्री भेटेर राजीनामाको पत्र बुझाउँछु।’

प्रतिक्रिया