काट्ने मेसिन सञ्चालन गर्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

काट्ने मेसिन सञ्चालन गर्ने क्रममा  करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

सुर्खेत –   सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२, नेवारेमा शुक्रबार बिहान करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ।

घटना बिहान घरमै विद्युतीय घाँस काट्ने मेसिन सञ्चालन गर्ने क्रममा भएको हो। करेन्ट लागेर दुबै गम्भीर घाइते भएपछि तत्कालै प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पुर्‍याइएको थियो। तर उपचारको क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 यस्तै उपकरण प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा यस्ता दुर्घटना दोहोरिन सक्ने भन्दै सुरक्षामूलक उपाय अपनाउन प्रहरीको आग्रह रहेको छ।

प्रतिक्रिया