शनिबार राति परेको चट्यांगले नारायण र महाँवुका ३ जना घाइते

शनिबार राति परेको चट्यांगले नारायण र महाँवुका ३ जना घाइते

दैलेख – शनिबार राति परेको चट्यांगले नारायण नगरपालिका वडा नं.३ बस्ने बर्ष १९ को तिलक रेग्मीको चट्याङको झिल्काले टाउको र बायाँ खुट्टामा भित्री चोट लागेको छ । साथै महाँबु गाउँपालिका वडा नं.१ बस्ने लक्ष्मी बयक कान नसुन्ने टाउको छाती दुखेको र निजको छोरा बर्ष १७ को राजेश बयक कान  नसुन्ने अबस्थामा रहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जानकारी दिएको छ । 


आफ्नै घरभित्र बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङले  घाइते भएका हुनु  । दैलेखमा दिनानु दिन चट्यांग धेरै पर्ने गरेको छ ।  अहिले उहाँहरुको दैलेख अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले ज्वाला सन्देशलाई जानकारी दिनुभयो । 

प्रतिक्रिया