अध्यक्ष उदय कामीको जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग

अध्यक्ष उदय कामीको जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग

दैलेख: दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का वडा अध्यक्ष उदय कामीले आफ्नो जन्मदिनको अवसरमा हिमालय मावि विद्यालयलाई  १०,हजार १ सय ५५ आर्थिक सहयोग प्रदान गरेका छन् ।
सामान्यतया केक काटेर मनाइने जन्मदिनलाई यस पटक अध्यक्ष कामीले फरक तरिकाले मनाउनु भएको छ । उहाँले विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारमा योगदान पु¥धाउने उद्देश्यले विद्यालय परिसरमा गमलामा फूल रोप्दै आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।


विद्यालय परिवारले उक्त सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै अध्यक्ष कामीलाई जन्मदिनको शुभकामना दिएको छ । जीवनको कठोर सङ्घर्ष र कमजोर आर्थिक तथा पारिवारिक अवस्था बिच चौकीदार देखि वडा अध्यक्ष सम्मको प्रेरणादायी यात्रा तय गर्नु भएका अध्यक्ष समाजमा उदाहरण हुनुहुन्छ । उहाँको इमानदारी, निष्ठा र जनप्रतिनिधिको हैसियतमा देखाएको निस्वार्थ सेवा भाव सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।”

विद्यालय परिवारका अनुसार, जन्मदिनमा गरिएको यस्तो सामाजिक उत्तरदायित्व मुलक कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ ।
विद्यालय परिवारले अध्यक्ष कामीको दीर्घायु, उत्तरोत्तर प्रगति र उत्तम स्वास्थ्यको कामना गर्दै आगामी दिनहरूमा पनि उहाँको नेतृत्वले समाजलाई अझ सकारात्मक दिशामा  लैजाने हिमालय मावि तीजको डाँडाका प्रधानाध्यापक हर्क बिकले विश्वास व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया