संगठित मानव बेचबिखनविरुद्ध साझा रूपमा अघि बढ्न सोसेकको आह्वान

संगठित मानव बेचबिखनविरुद्ध साझा रूपमा अघि बढ्न सोसेकको आह्वान

दैलेख -  सोसेक नेपालले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सबैलाई संगठित मानव बेचबिखनविरुद्ध साझा रूपमा अघि बढ्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघको यो वर्षको नारा “मानव बेचबिखन संगठित अपराध हो – शोषणको अन्त्य गरौं” लाई आत्मसात गर्दै सोसेकले जोखिममा रहेका बालबालिका, महिला तथा समुदायका व्यक्तिहरूको सुरक्षा, पुनर्स्थापना र सचेतनाका लागि प्रतिबद्धता जनाएको छ ।

संस्थाले अज्ञात एजेन्ट, झुटा रोजगारीका प्रस्ताव, शून्य लागतमा विदेश पठाइने आश्वासन जस्ता गतिविधिबाट सचेत रहन आग्रह गरेको छ। साथै, शंकास्पद गतिविधि देखिएमा नेपाल प्रहरी (१००), बाल हेल्पलाइन (१०९८) वा महिला आयोग हेल्पलाइन (११४५) मा तत्काल जानकारी दिन अनुरोध गरेको छ।

“मानव बेचबिखनविरुद्धको संघर्ष सबैको साझा जिम्मेवारी हो,” सोसेक नेपालले जनाएको छ।

 

प्रतिक्रिया