कांग्रेस र एमालेका नेताहरूबीच बालुवाटारमा भेटवार्ता

कांग्रेस र एमालेका नेताहरूबीच बालुवाटारमा भेटवार्ता तस्बिर : दिनेश भण्डारी/ प्रधानमन्त्री सचिवालय काठमाडौं

काठमाडौं: नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबीच भेटवार्ता जारी रहेको छ। आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुबीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा समसामयिक राजनीति, मन्त्रिपरिषद् पुनर्गठनकाबारे छलफल हुने बताइएको छ। एमालेले तत्काल मन्त्री हेरफेर गर्ने लगायतको विषयमा छलफल भइहेको छ । छलफलमा नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक लगायतका नेताहरु सहभागि छन् ।

प्रतिक्रिया