नारायण खानेपानीको महसुल नतिर्नेहरूको नाम सार्वजनिक, १५ दिनको अल्टिमेटम

दैलेख- नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दैलेखले खानेपानीको महसुल नतिर्ने सेवाग्राहीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले लामो समयदेखि निरन्तर पानी प्रयोग गर्दै आए पनि महसुल नबुझाएका सेवाग्राहीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारीस्वरूप सार्वजनिक सूचना जारी गरेको हो।
संस्थाले प्रकाशित सूचनामा महसुल नतिर्नेहरूलाई १५ दिनभित्र कार्यालयमा उपस्थित भई बक्यौता रकम बुझाउन आग्रह गरिएको छ। तोकिएको म्यादभित्र पनि रकम नबुझाएमा सम्बन्धित धाराको लाइन काटिने चेतावनी दिइएको छ।
सार्वजनिक सुचनाको आधारमा सूचीमा आम उपभोक्ताका साथै सरकारी कार्यालय, सरकारी कर्मचारी र जनप्रतिनिधिसमेत रहेको देखिएको छ। यसले सार्वजनिक संस्थाको सेवाप्रति देखाइएको गैरजिम्मेवारको सङ्केत गर्छ।
संस्थाका अनुसार, महसुल संकलन नहुनुका कारण सञ्चालन खर्चमा अप्ठ्यारो आएको छ, जसले सेवा प्रवाहमै असर पुर्याइरहेको छ। नियमित महसुल नआउँदा मर्मतसम्भार र नयाँ परियोजनाहरूमा समेत प्रभाव परेको उपभोक्ता संस्थाको भनाइ छ।
संस्थाले सबै उपभोक्तालाई समयमै महसुल बुझाउन आग्रह गर्दै सेवा निरन्तरता र गुणस्तर कायम राख्न सबैको साथ र सहयोग आवश्यक भएको जनाएको छ।
खानेपानीको पैसा नतिर्नेहरुको विवरण:
प्रतिक्रिया