वीरेन्द्रनगरमा अपराध नियन्त्रणका लागि त्रिपक्षीय समझदारी

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाले अपराध नियन्त्रण तथा सहरी सुरक्षाको सुदृढीकरणका लागि सार्वजनिक स्थानमा सिसिटिभी क्यामेरा जडान कार्य थालेको छ। पहिलो चरणमा ६ महिनाभित्र १०५ स्थानमा क्यामेरा जडान गरिनेछ भने दोस्रो चरणमा थप २५० स्थानमा जडान गरिने योजना छ।
नेपाल टेलिकम, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाबीचको त्रिपक्षीय सम्झौता अनुसार टेलिकमले अप्टिकल फाइबरसहित क्यामेरा तथा वाइफाइ हटस्पट जडान गर्नेछ। नगरपालिकाले ११ लाख ६९ हजार रुपैयाँ बजेट छुट्याएको छ।
नगर प्रमुख मोहनमाया ढकालका अनुसार जनसंख्याको चापसँगै बढेका चोरी, डकैती, झै–झगडा, लागुऔषध दुर्व्यसन र सडक दुर्घटनालाई प्रविधिमार्फत नियन्त्रण गर्ने उद्देश्यले यो कार्य थालिएको हो।
टेलिकम प्रादेशिक प्रमुख कमल लामिछानेले यो पहलले ‘डिजिटल दशक’ अभियानमा टेवा पुग्ने बताए। प्रहरी प्रमुख सुधीरराज शाहीले सीसी क्यामेराले अनुसन्धान र अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया