दैलेखमा मौरीपालन व्यवसाय किसानको बढ्दो आर्कषण

दैलेखमा मौरीपालन व्यवसाय किसानको बढ्दो आर्कषण

दैलेख –  “दैनिक एक चम्चा मह सेवन, स्वस्थ र दीर्घायु जीवन” भन्ने मूल नारासहित दैलेखमा मौरीपालन व्यवसाय विकास तालिम संचालन भएको छ ।

नारायण नगरपालिका दैलेख बजारमा आइतबार देखि मौरी व्यवसाय तालिम सुरु भएको हो । नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशको आयोजना, हेल्भेटास नेपालद्वारा सञ्चालित इलम परियोजना लगायतका संघ संस्था मार्फत सञ्चालन भएको यो तालिम साउन १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ ।

तालिमको उद्घाटन कार्यक्रममा नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशका संयोजक लिलाराम ढकाल, महासंघकी उपाध्यक्ष निर्मला सुवेदी, बिमा समितिका कर्णालीका जगत लम्साल लगायतले सहजिकरण गर्नुहुने भएको छ । कार्यक्रममा सहभागि नौमुले गाउँपालिका,गुराँस गाउँपालिका,ठाँटिकाध गाउँपालिका र नारायण नगरपालिकाका ३६ जना कृर्षकहरुको उपस्थिति रहेको छ ।

कर्णाली प्रदेश महासंघका अध्यक्ष लिलाराम ढकालले मौरीपालन ब्यावसाय पहिले भन्दा भिन्नै ब्यावसायमा निर्भता ल्याउने,ब्यावसाय योजना बनाउने लगायतको मौरीको बिमा गरेर ब्यावसायमा कुनै प्रकारको निरासा न्युनिकरण गर्नतर्फ महासंघको कदम चलेको उहाँले बताउनुभयो ।

महासंघकी उपाध्यक्ष निर्मला सुवेदीले दैलेखमा मौरीपालन व्यवसाय किसानको बढ्दो आर्कषण भएको बताउँनु भएको छ ।  मौरीपालन ब्यावसायमा कृर्षकहरु जागरुप भएकोमा निकै खुःशि भएको उहाँले औल्याउनु भयो । 

कार्यक्रमको पहिलो दिन सहभागी कृषकलाई विभिन्न विषयहरूमा आधारभूत जानकारी र छलफल गरिएको थियो । मौरी पालनको परिचय तथा व्यवस्थापन विधि,मौरीका रोग र कीराबाट हुने क्षति तथा रोकथाम, मह उत्पादनको गुणस्तर र भण्डारण प्रविधि, मह तथा मौरीजन्य उत्पादनहरूको बजारीकरण तथा आम्दानी वृद्धिका उपाय, उद्देश्य लगायतका विषयमा जानकारी दिइएको थियो । यस भन्दा अगाडी दुल्लु नगरपालिका–११ नं.वडामा पनि ३ दिने तालिम सञ्चालन भएको थियो । 


 

प्रतिक्रिया