दैलेखी परम्परागत लाखे नाच सुर्खेतमा देखाइदै, तालिका यस्तो छ

दैलेखी परम्परागत लाखे नाच सुर्खेतमा देखाइदै, तालिका यस्तो छ कला सस्कृतीको जर्गेना गदै दैलेख

दैलेख- दैलेख जिल्लाको परम्परागत लाखे नाच साउन १९ र २० गते सुर्खेतमा लाखे नाच प्रस्तुत गरिने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैलेखी परम्परागत लाखे नाच प्रस्तुत गरिने भएको दैलेखी सेवा समाज, सुर्खेतले जनाएको छ ।

समाजको आयोजनामा सोमबार र मंगलवार दुई दिनसम्म ‘परम्परा र कला संस्कृतिको उत्थान—लाखे नाच २०८२’ भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिने भएको हो ।


समाजका अनुसार लाखे नाचको माध्यमबाट मौलिक कला, संस्कृति र परम्पराको जर्गेना गर्दै नयाँ पुस्ताबीच जागरूकता फैलाउने उद्देश्य लिइएको छ । कार्यक्रममा दैलेखका भगवती क्लब, ज्वाला क्लब र एभरेष्ट क्लबका तीन लाखे समूहले नाच प्रस्तुत गर्नेछन् ।

दैलेखी लोखे नाचको तालिका:
साउन १९ गते सोमबार:
दिउँसो २ः०० बजे : कृष्ण मन्दिर, कालिनचोकबाट लाखे नाच सुरु ।
२ः३० बजे : वीरेन्द्रनगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन ।
त्यसपछिः घण्टाघर, लाटीकोइली डाँडा हुँदै साँझ ५ः०० बजे मंगलगढी चोकबाट गणेश चोकसम्म ।

साउन २० गते मंगलबार:
वीरेन्द्रनगरका विभिन्न बजार, विद्यालय, होटल तथा टोलहरुमा माग अनुसार लाखे नाच देखाइने ।

परम्परागत रूपमा वर्षेनी देखाइने लाखे नाच यसपटक विशेष रूपमा वीरेन्द्रनगरमा प्रदर्शन गरिँदैछ ।  समाजसेवी शुसिल केसीका अनुसार, ‘वीरेन्द्रनगरमा दैलेखको मौलिक सांस्कृतिक धरोहर प्रस्तुत हुनुले स्थानीयस्तरमा कला–संस्कृतिको आदानप्रदान र सिकाइको अवसर समेत प्रदान गर्ने बताउँनुभयो ।’

प्रतिक्रिया