विपदको जोखिमबाट बच्न ठाटिकाँध गाउँपालिकाको अनुरोध

दैलेखः दैलेखको ठाटिकाँध गाउँपालिकाले विपदबाट हुने जोखिमबाट बच्न आग्रह गरेको छ । मंगलबार एक सुचना चारी गर्दै पालिकाले सबै नागरिकहरु उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर साहले जारी गरेको सुचनामा भनिएको छ । जल तथा मौसम बिज्ञान बिभाग मौसम पूर्वाअनुमान शाखाको पुर्व सुचना अनुसार हाल दैलेख तथा आसपासका जिल्लाहरुका सक्रिय रुपमा पानि परिरहेके जानकारी दिएको छ ।
उक्त जानकारी अनुसार ठाटिकाँध गाउँपिलकाका नागरिकहरुले उच्च सतर्कता अपनाउन अध्यक्षको आग्रह छ । जारी सुचनामा कतै जोखिम भए गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लागाएत ९ जना ब्यक्तिका मोबाइल नम्बरमा फोन गरेर जानकारी दिन अनुरोध सम्मेत गरिएको छ ।
यस्तो छ पालिकाको जारी सुचना ।
प्रतिक्रिया