पहिरोले जोखिममा बस्ती

देलेखः दैलेखको नमुना बस्ती पहिरोले जोखिममा परेको हो । नारायण नगरपालिका वडा न १ नमुना बस्तीमा वर्षाका कारण बस्ती अति जोखिममा परेको हो । भिरालो जमिन भएकाले आफैमा जोखिम छ त्यसमा पनि वर्षाको पानीले घरहरू जोखिम परेका छन् । सामान्य ज्याला मजदुरी गरेर खाने बस्तीका छानामा बर्सातको समयमा दुख, कष्ट र समस्याका पहाड मात्रै देखिन्छन् । पटक पटक विपदले पनि उनीहरूलाई नै सताई रहेको छ ।
विगतका वर्षहरूमा पनि यस्ता समस्याहरू आएको, एउटै परिवारका ३ जनाको ज्यान गएको थियो र फेरी वर्षा सुरुभयो कसको पो घर जहान सक्ने हो रात दिन चिन्ता लाग्न थालेको नमुना बस्तीका राम कुमारी वादीले दुख व्यक्त गर्नुभयो । यसै गरी करिब १० वर्ष देखि आफ्नो समुदायमा वाढिपहिरोको समस्या उच्च रहेको छ , आफ्ना घर आागनहरु मान्छे बस्न लायक नभएको, रातमा होइन दिनमा पनि बस्तीमा रहेको वाटोहिड्न नसकिने छ तर राज्य संयन्त्र संवेदनशील भएर नहेरेकोमा ग्यास, वास, कपासको व्यवस्था गरिदिनुहुन हिरा देवी वादीले सरोकारवालाहरूलाई अनुरोध गर्नुभयो ।
प्रत्येक वर्षको वर्षा याममा यो समस्या हाम्रो बस्तीमा आईरहनेहो भने हामी सधैँ जोखिममा परिरहने अवस्था आयो अव सरकारले आफ्नो समुदायलाई सुरक्षित स्थान हेरी स्थानान्तरण गरी सहयोग गर्न र आवासको व्यवस्थापन गरिदिनुहुन नमुना बस्तीकि सिता नेपालीले अनुरोध गरिन। यसबारे स्थानीय सरकार नारायण नगरपालिका दैलेखले तत्कालका लागि रेडक्रस दैलेख मार्फत मंगलबार १० घर परिवारका लागि पाल वितरण गरेको थियो ।
जिल्ला विपद् समितिका संयोजक प्रमुख जिल्ला अधिकारी,नारायण नगरपालिका जनप्रतिनिधि, गैर सरकारी संस्था प्रतिनिधिहरूले अनुगमन गरिएको रेडक्रस सोसाइटी दैलेखका संयोजक निर्जन कुमार खत्रीले जानकारी दिनुभयो । उहाँले जोखिम परेका १० वटा घरलाई तत्काल त्रिपालको व्यवस्था गरिएको र अन्य परिवारको लागि पनि पहल भइरहेको ज्वाला सन्देशलाई जानकारी दिनुभयो ।
उनीहरूको उचित व्यवस्थापनका लागि पहल भइरहेको छ ता पनि वर्षाका कारण गर्न नसकिएको बुधवार देखि सुरक्षित वासका लागि कार्य अगाडि बढाउनका लागि सरोकारवाला सबैलाई सहजीकरण गरी काम गर्ने सोसेक नेपालका वाल संरक्षक अधिकृत प्रभा कुमार वि.क.ले जानकारी गराउनुभयो । विपथकालीन उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना तथा ससत्र प्रहरीले उक्त जोखिम बस्तीमा पुगेर वाटो बनाउने काम गरेको थियो ।
प्रतिक्रिया