वीरेन्द्रनगरमा ढाका झोला बनाउने १० दिने तालिम सुरु

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर - ८ मा ढाकाको झोला बनाउने १० दिने सीपमूलक तालिम सुरु भएको छ ।
महिला सशक्तिकरण तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित तालिममा वडा नम्बर - ८ स्थित लालिगुराँस महिला समूहका ७ जना महिलाहरू सहभागी छन् ।
उक्त तालिम एईआइएन लक्जेम्बर्गको साझेदारीमा वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित ‘बिहानी परियोजना’ अन्तर्गत आयोजना गरिएको हो।
तालिममार्फत महिलाहरूलाई ढाका कपडाबाट आकर्षक झोला निर्माण गर्ने सीप प्रदान गरिने बिहानी परियोजनाले जनाएको छ । उत्पादन गरिएका झोलाहरू स्थानीय बजारमा बिक्री गरी सहभागी महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको परियोजनाले उल्लेख गरेको छ।
प्रतिक्रिया