दैलेख प्रशासनको सेवा प्रवाहमा सुधार, तीन महिनामा उल्लेखनीय प्रगति

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरणदेखि मुद्दा फछ्र्यौटसम्म सेवामा तीव्रता, विकास र सुरक्षामा पनि सक्रियता बढ्दो

दैलेख प्रशासनको सेवा प्रवाहमा सुधार, तीन महिनामा उल्लेखनीय प्रगति

दैलेख-  जिल्ला प्रशासन कार्यालय दैलेखले पछिल्ला तीन महिनाको सेवा प्रवाह तथा गतिविधिबारे जानकारी दिन पत्रकार सम्मेलन सम्पन्न गरेको छ।

पत्रकार महासंघ दैलेख र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण, मुद्दा फछ्र्यौट लगायतका विवरण सार्वजनिक गर्नुभयो ।

गैरेका अनुसार १ हजार २८१ नयाँ नागरिकता, १ हजार २१८ प्रतिलिपि, ४ हजार २११ परिचयपत्र विवरण संकलन, ८०५ वितरण, ६२७ राहदानी विवरण संकलन तथा ६३५ राहदानी वितरण भएका छन् । त्यस्तै १८ वटा मुद्दा फछ्र्यौट गरिएको छ।

कार्यक्रममा कर्णाली प्रदेश पत्रकार महासंघ अध्यक्ष विष्णु प्रसाद शर्मासहित पत्रकारहरूले ठेकदारको लापरवाही, विकास निर्माणको सुस्त गति, प्राकृतिक स्रोत दोहनजस्ता विषय उठाउँदै प्रशासनलाई प्रभावकारी पहल गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया