दैलेखका ११ वटै पालिकामा राहत शिक्षकको बिरोध सभा

दैलेखका ११ वटै पालिकामा राहत शिक्षकको बिरोध सभा

दैलेख: नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको निर्देशनअनुसार देशभरका ७५३ वटै स्थानीय तहमा आयोजना गरिएको विरोध सभा कार्यक्रम अन्तर्गत दैलेखको ११ वटै पालिकामा आइतबार र सोमबार विरोध सभा सम्पन्न गरेको छ ।
भैरवी गाउँपालिकामा शिवप्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न विरोध सभामा केन्द्रीय स्तरदेखि स्थानीय तहसम्मका विभिन्न शिक्षक संगठनका प्रतिनिधिहरूको उपस्थितिमा आफ्ना माग मुद्दा सम्बोधन नगरेको भन्दै सरकारको विरोधमा आक्रोशपूर्ण मन्तव्य राखिएको थियो । 
सभामा प्रमुख अतिथि राहत शिक्षक केन्द्रीय सह–अध्यक्ष देविराम आचार्यले शिक्षक महासंघले अठाएका मागहरु कार्यन्वयन नभए पहिलेको भन्दा ठुलो आन्दोलन हुने ज्वाला सन्देशलाई जानकारी दिनुभयो । उहाँले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा राहत शिक्षकको व्यवस्थापनसम्बन्धी कुनै स्पष्ट प्रावधान नरहेको र राहत शिक्षकलाई अपमानित गर्दै हटाउन खोजिएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ ।‎


यस्तै विशेष अतिथि राहत शिक्षक जिल्ला अध्यक्ष कनक बहादुर शाहीले अस्थायी प्रकृतिका शिक्षक कर्मचारीको मागलाई शिक्षा ऐनको प्रारूपमा समावेश नगरिएकोप्रति गम्भीर आपत्ति ब्यक्त गर्नुभयो । 
कार्यक्रममा नेपाल शिक्षक संघ भैरवी अध्यक्ष माधव प्रसाद तिमिल्सिना, पेशागत महासंघ जिल्ला सदस्य वलिराम थापा, महासंघ भैरवी अध्यक्ष ललित प्रसाद सापकोटा, महासंघ जिल्ला सदस्य कर्ण के.सी, नेपाल शिक्षक संघ जिल्ला सह–सचिव चक्र गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सदस्य डिल्लीराम आचार्य, एकीकृत अखिल नेपाल शिक्षक संगठन  भैरवी अध्यक्ष चित्र रिजाल, र भैरवी गाउँपालिका शिक्षा समिति सदस्य तारा रिजाललगायतले विरोध सभामा समर्थन जनाउँदै मन्तव्य दिएका थिए ।
कार्यक्रममा “हामी आफ्ना हक अधिकार प्राप्त नगरेसम्म दबाबमूलक आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउँछौं,” राहत शिक्षक नेताहरूको भनाइ थियो । दैलेखका नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनि नगरपालिका आठविस नगरपालिका ,भैरवी,गुराँस , भगवती , डुगेश्वर , नौमुले , महावु , र ठाटिकाध गाउँपालिकामा बिरोध सभा सम्पन्न गरेको  केन्द्रीय सह अध्यक्ष देबिराम आचार्यले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया