गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या फाइल तस्बिर

मुगु  –   बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् ।  खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ । 

स्थानीय दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको  ध्यान  गएको छैन । 

यसैबीच, छायानाथ रारा नगरपालिकाका   कार्यवाहक प्रमुख ऐश्वर्य मल्लले वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताउनुभयो । उहाँले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिनुभयो ।

प्रतिक्रिया