​​​​​​​लैंगिक हिंसामा परेका महिलाको आर्थीक सशक्तिकरणमा सहयोग

​​​​​​​लैंगिक हिंसामा परेका महिलाको आर्थीक सशक्तिकरणमा सहयोग

दैलेख -  लैंगिक हिंसामा परेका महिलाको आर्थिक सशक्तीकरण गर्दै लैंगिक समानता कायम गर्न  युरोपियन युनियन युएनएफपीयको सहयोगमा सोसेक नेपाल दैलेखले ससक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सन् २०२४ मा २० जना २०२५ मा ३० जना लैगिक हिंसा प्रभावित महिला किशोरीहरुलाइ  शीप विकास तथा व्यवसायिक तालिम दिइ व्यवसाय संचालनका लागि प्रतिव्यक्ति ३० हजार रुपैयाँको सहयोग प्रदान गरेको छ  भने  अन्य १६ जनालाई पालिकाहरु अन्य साझेदार संग समन्वय सहकार्यमा तालिम उपलब्ध गराइ बिउ पुजी पनि उपलब्ध गराउन सहयोग गरेको

एक जना महिला श्रीमानबाट लगातार हिंसा भोगिरहदा करिब ६ वर्षदेखि सन्तान सहित अलग बस्दै आउनुभएको छ । ज्यालामजदुरी गरेर परिवार पाल्दै आउनु भएकी उहाँलाई खुद्रा पसल सञ्चालनका लागि कार्यक्रममार्फत ३० हजार बराबरको सहयोग गरिएको छ। उहाँले सोसेक नेपालको सहयोगले आत्मनिर्भर हुन टेवा पुग्ने बताउनुभयो, उहाँले नारायण नगरपालिकाको समन्वय र सहयोगमा ५२ दिने सिलाइ कटाइ तालिमम पनि लिनुभएको छ

यस्तै अर्कि महिला पनि पारिवारिक हिंसाका कारण अलग रहन बाध्य हुनुभएको छ । परिवार पाल्न कठिनाइ भएको अवस्थामा उहाँले वाख्रापालन सुरु गर्न ३० हजार बराबरको सहयोग पाउनुभएको छ ।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाका अनुसार संस्थाले विगत करिब तीन दशकदेखि महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील रहँदै आएको छ । हाल अत्यन्तै पीडामा परेका दैलेखका १४ जना कालिकोटक १६ जना महिलालाई सिपमूलक तालिमसहित आयआर्जनका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।

यो सहयोग नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका, ठाटीकाँध गाउँपालिका र आठबीस नगरपालिकाका महिलालाई प्रदान गरिएको हो । सहयाेग पाएका महिलाहरूले खुद्रा पसल र वाख्रापालन सुरु गरेकाे सोसेक नेपालले जनाएको छ ।

प्रतिक्रिया