बाल प्रायोजन बाल सरक्षण र समावेशी गुणस्तरिय शिक्षा परियोजनाको प्रदेशस्तरीय अनुगमन सम्पन्न

दैलेख - दैलेखको भगवतीमाई गाउँपालिकामा सञ्चालित बाल प्रायोजन, बाल संरक्षण तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाको मंगलबार प्रदेशस्तरीय अनुगमन सम्पन्न भएको छ । कार्यक्रम वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सोसेक नेपाल दैलेखको साझेदारीमा सञ्चालित छ ।
गाउँपालिकाको सभाहलमा आयोजित अनुगमन तथा गतिविधि समीक्षा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले विद्यालय शैक्षिक सुधारका कार्यक्रमहरूले विद्यार्थीको गुणस्तरीय शिक्षामा उल्लेखनीय सुधार ल्याएको बताउनुभयो । उहाँले स्थानीय सरकार, सोसेक नेपाल र वल्र्ड भिजनको सहकार्यले शिक्षा मात्र नभई अन्य क्षेत्रमा पनि साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उपाध्यक्ष मिना कुमारी खड्काले कार्यक्रम सुरु हुनु अघि र अहिलेको अवस्थाबीच ठूलो परिवर्तन आएको उल्लेख गर्दै बसोबास व्यवस्थापनदेखि विद्यार्थीको व्यवहार सुधारसम्म सकारात्मक नतिजा देखिएको बताउनुभयो । उहाँका अनुसार दैलेख जिल्लामा भगवतीमाई गाउँपालिकाले उत्कृष्ट शैक्षिक नतिजा ल्याउन स्थानीय सरकार, परियोजना र साझेदार संस्थाहरूको ठूलो भूमिका रहेको छ। आगामी दिनमा ‘विकास बजेट’ भन्दा ‘जनचेतना बजेट’ मा बढी जोड दिनुपर्नेमा बताउनुभयो । साथै बाल विवाहा न्युनिकरण सम्बन्धि कार्यक्रममा जोड दिने र पुर्वाधार बिकास भन्दा सामाजिक बिकास गर्नुपर्ने बताउँनु भयो ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले कार्यक्रम साझेदार सस्थाको मात्र नभइ पालिकाको नीतिहरुमा रहेर काम गरिरहेकोले पालिकाले सोही कार्यक्रम हाम्रो हो भनेर अपन्त्व जनाउनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा वडा–४ का अध्यक्ष देबलोक अधिकारी, सामाजिक विकास मन्त्रालयअन्तर्गत शैक्षिक जनशक्ति विकास केन्द्रका बलवीर सुनार र लिलाराम सापकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका विनोद बानिया, प्रमुख प्रशासकीय अधिकृत नारायणजंग पाण्डे, वल्ड भिजन इन्टरनेशनल नेपाल पश्चिम क्षेत्रीय कार्यालयका मुकेश पन्त, सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापा, कार्यसमिति सदस्य लक्ष्मी भण्डारी, कार्यक्रम संयोजक ललित कुमार खड्का, नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव गोविन्द खत्री, शिक्षा शाखा तथा पञ्जिकरण शाखाका प्रमुख, बाल अधिकार समितिका सदस्यलगायतको उपस्थिति थियो।
यसै क्रममा, दैलेखको भगवतीमाई गाउँपालिका–४ स्थित श्री कालिका माध्यमिक विद्यालय, डौरी मन्घरमा पनि सोही कार्यक्रम अन्तर्गत प्रदेशस्तरीय अनुगमन गरिएको थियो । कक्षाकोठाको बसाइ ब्यावस्थापन अनुगमन र बिधालय स्तरका बाल क्लव सँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
प्रतिक्रिया