दैलेखमा मनाइयो पत्रकार डेकेन्द्रराज थापाको २१औं स्मृति दिवस

दैलेखमा मनाइयो पत्रकार डेकेन्द्रराज थापाको २१औं स्मृति दिवस

दैलेख -  स्व. पत्रकार डेकेन्द्रराज थापाको २१औं स्मृति दिवस मनाइएको छ ।  नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको आयोजनामा स्मति दिवस मनाइएको हो ।

उक्त स्मृति दिवसको सन्दर्भमा थापाको सालिकमा माल्र्यापण गरी उहाँ प्रति श्रद्धासुमन व्यक्त गरिएको थियो ।  उक्त दिवसमा पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

२०६१ असार १२ गते तत्कालीन माओवादी समूहद्वारा अपहरण गरी यातनापछि हत्या गरिएका थापाको हत्यामा दोषीहरूलाई कानुनी दायरामा ल्याउन राज्य निकायको ढिलासुस्तीप्रति स्मृति दिवसमा गम्भीर आपत्ति व्यक्त गरिएको थियो ।

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष यज्ञराज थापाले स्मृतिमा उल्लेख गर्दै उहाँले डेकेन्द्रजी केवल कलमका मान्छे नभएर उहाँ उद्घोषक, लोकदेउडा गायक, समाजसेवी र राजनीतिक रूपमा पनि सक्रिय रहनुभएको कुरा स्मरण गर्नुभयो । 

महासंघका पूर्वअध्यक्ष पुष्कर थापाले डेकेन्द्रको जीवनले हामीलाई पत्रकारितामा सत्य र निष्ठाको मार्ग देखाएको बताउनुभयो । महासंघका दोस्रो कार्यकालका 

पत्रकार महासंघ दैलेखका अर्का अध्यक्ष कमल शर्माले अदालतको आदेश कार्यान्वयनमा भएको ढिलाइप्रति सरकारको उदासीनता प्रति प्रश्न उठाउनुभयो । 
 

प्रतिक्रिया