टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरी बिच प्रतिस्प्रर्धा हुने

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगाड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ ।
अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अरू तीन अभ्यास खेल खेल्ने भएको छ । नेपालले भदौ १० गते क्रिकेट एसीटीसँग पहिलो, भदौ १२ गते साउथ अस्ट्रेलियासँग दोस्रो र भदौ १४ गते साउथ अस्ट्रेलियासँग खेल्ने छ ।
आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले यी दुई प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो । (उज्यालाे)
प्रतिक्रिया