रुपान्तरण कक्षाको लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

रुपान्तरण कक्षाको लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

दैलेखः दैलेखमा साथी सहजकर्ताका लागि किशोर किशोरी, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैङ्गिक हिंसा र सहजीकरण सीप सम्बन्धी रूपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम बिहीबार सम्पन्न भएको छ । 
कार्यक्रम  युरोपियन युनियन र युएनएफपीएको सहयोग तथा स्थानीय तहसंगको समन्वय र साझेदारीमा सोसेक नेपाल द्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत किशोर किशोरी, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैङ्गिक हिंसाका साथै र सहजीकरण सीप विकास गरी दक्ष रूपान्तरण सहजकर्ता तयार पर्ने उद्देश्यले सोसेक नेपालको  आयोजना र नारायण नगरपालिकाको समन्वयमा  १६ दिने प्रशिक्षक प्रशिक्षण तालिम अन्तर्गत दोस्रो तथा अन्तिम चरणको आठ दिनको तालिम दैलेख सदरमुकाममा साउन २२ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो भने तालिमको सहजीकरण रुपा जोशी र मनदीप सुरीले गरेका थिए । 

तालिममा नारायण नगरपालिका दैलेख, खाडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका कालिकोट, सानेभेरी गाउँपालिका रुकुम पश्चिम र वीरेन्द्रनगर नगरपालिका सुर्खेत गरी पाँच वटा पालिकाबाट ३६ जना साथी सहजकर्ताको सहभागिता रहेको थियो । 
कार्यक्रमका प्रमुख अतिथि तथा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.सी.ले सहजीकरण र समाज रूपान्तरणको अवसर पाउँनुमात्र नभई पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । उनले आफ्नो जीवन र समाज रूपान्तरण आफूबाटै सुरु गर्नुपर्ने सबैमा आग्रह गरे । 


यस्तै नारायण नगरपालिका सामाजिक विकास शाखा प्रमुख खम बहादुर थापाले हाँमिले उपलब्ध गराएको तालिम निकै उपलब्धिमूलक भएको औँल्याए । यो तालिमका सिकाइकाहरूलाइ आफू, आफ्नो विद्यालयमा र पालिकामा लागु गरी परम्परागत सोचमा रूपान्तरण गर्नुपर्ने बताए ।  
तालिममा किशोर किशोरी, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैङ्गिक हिंसा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान, नियमावली बारे छलफल गरिनुका साथै यस्ता कानुनहरूले हिंसा न्यूनीकरणमा के–कस्ता भूमिका गर्छ भन्ने सवालमा अन्तरक्रिया गरिएको थियो । 


समापन कार्यक्रममा प्रशिक्षक रुपा जोशीले आठ दिनको तालिमले किशोरी लाई मात्रै नभएर आफ्नो समाज, घर, छिमेकलाई रूपान्तरण गर्ने प्रतिबद्धता सहित अगाडी बढ्न जरुरी रहेको छ यो समय हामीले  सिक्ने समय हो अब आफू बाटै रूपान्तरण हुनुपर्ने बताइन् । 
सहभागी सानेभेरी गाउँपालिका रुकुम पश्चिम वडा–२ का हिमेन्द्र बुढामगरले भने यो तालिम सही समयमा हामीले पहिले आफै परिवर्तन हुने र हामीले यहाँबाट सिकेका कुराहरुलाई विद्यालय, समाज र आफ्नो गाउँमा सिकाउने प्रतिबद्धता जनाएका थिए । त्यस्तै अर्की सहभागी नारायण नगरपालिका–३ कि संगीता नेपालीले रूपान्तरण तालिमले जीवन उपयोगी सीप सिकाउँदै  आफैलाई रूपान्तरण हुन् र विशेष गरेर यौन तथा प्रजनन स्वास्थ्य र अधिकार,   परिवार योजनाको बारेमा कुरा गर्न उत्प्रेरणा पनि जगाएको कुरा बताइन ।


कार्यक्रमका अध्यक्ष तथा सोसेक नेपालका कार्यक्रम प्रमुख रमेश थापाले लैङ्गिक समानता कायम गर्दै, महिला तथा बालबालिकाहरूको सशक्तीकरण गरी संवृद्ध तथा विकसित नेपालको राष्ट्रिय लक्ष्य प्राप्त गर्न युरोपियन युनियन र युएनएफपीयको सहयोग तथा स्थानीय तहसंगको समन्वय तथा साझेदारीमा सोसेक नेपलले सशक्त महिला समृद्ध नेपाल कार्यक्रम सञ्चालन गरिरहेको छ लैङ्गिक असमानता विरुद्ध पैरवी गर्दै आइरहेको बताए ।

हामीले समृद्धिका लागि हाम्रो स्वास्थ्य, सम्पत्ति, सम्बन्ध जोगाउन जरुरी छ, यी कुराहरू तेतिबेला मात्र सहजै जोगिन्छ जति बेला परिवार समाजमा लैङ्गिक हिंसाको अन्त्य भएको हुन्छ । लैङ्गिक हिंसा अन्त्यको लागि हामीले हाम्रो परम्परागत हानिकारक आभ्यासहरु माथिको हाम्रो विश्वास, सोचलाइ बदलेर रूपान्तरण  हुन् जरुरी छ । त्यसैले सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सोसेक नेपालले तिनै पुस्तासँग संवाद पैरवी जस्ता कार्यक्रमहरू सञ्चालन गरिहेको छ । यसै अन्तर्गत रूपान्तरण कक्षा सहजीकरणको लागि  रुंपातरण प्रशिक्षक प्रशिक्षण तालिममा हजुरहरु सहभागी हुनुभएको छ र जसले हजुरहरूको ज्ञान क्षमतामा बढोउत्तरी भएको छ र जुन् कुराको नतिजाको रूपमा हजुरहरूले सहजीकरण गरेपछि विद्यालयका किशोर किशोरीहरूको जीवनमा आएको परिवर्तनले नै निर्धारण गर्ने छ ।

प्रतिक्रिया