बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न सांसद ढकालको माग

बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न सांसद ढकालको माग

काठमाडौँ  -   सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले लुम्बिनी प्रदेशका दुई जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्ने माग गरेका हुन् । 

संविधान संशोधनका क्रममा हाल लुम्बिनीमा रहेका तराईका दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभिनुपर्ने सांसद ढकालको भनाइ छ । उनी एमालेका तर्फबाट बाँके–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

‘संविधान संशोधनको विषय उठिरहेको छ,’ सांसद ढकालले भने, ‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्ने, कर्णाली प्रदेशलाई बाँके र बर्दियामा समावेश गर्नको निम्ति म सभामुखमार्फत सदन र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया