श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

श्रीकृष्ण जन्माष्टमी, भगवान्  श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

दैलेखः श्रीकृष्ण जन्माष्टमी पर्व आज दैलेख लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ। भगवान श्री कृष्ण जन्माष्टमीको दिनमा विभिन्न धार्मिक क्लव, संघसंस्थाहरुले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन चल्दै आएको छ।

आजको दिनमा कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गर्दछ । 

प्रतिक्रिया