पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य निर्माण गरियो : देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताएका हुन् ।
सभापति देउवाले भने, ‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस भइरहेको छ । तर यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक छ । नेपाली काँग्रेसका सबै भ्रातृ संस्था र सङ्गठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली काँग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईँ हामी सबैले अझ बढी समर्पणका साथ काम गर्न आवश्यक छ ।’
प्रतिक्रिया